फैसला ऐतिहासिक – कास्कीका चार दल

राष्ट्र न्यूज सम्वाददाता
असार २८, २०७८
press 4 dal

पोखरा, २८ असार । कास्कीमा क्रियाशील चार राजनैतिक दलले सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।

नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, नेकपा(माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, जसपा कास्की अध्यक्ष गिरि प्रसाद गुरुङ र राजमो कास्की अध्यक्ष रविमोहन ढकालले संयुक्त विज्ञप्ति प्रकाशित गरी फैसलाप्रति सम्मान व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभएको छ ।

फैसलाले अदालतमाथि थप विश्वास बढेको उल्लेख गर्दै संविधान निर्माणकर्ता, नेपाली जनता, राजनैतिक पार्टी र प्रजातन्त्रमा विश्वास राख्ने सबैका लागि ऐतिहासिक महत्वको भएको जनाइएको छ ।

ओली सरकारको ज्यादतीबाट देश, प्रजातन्त्र र संवैधानिक प्रक्रियाको रक्षा गर्न संगठित नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा एमाले माधव कुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको प्रयास, विद्वान अधिवक्ताको संवैधानिक बहस पैरवी, नागरिक समाजसहित सम्पूर्ण प्रजातन्त्रवादीहरुको साझा प्रयास सफल भएको उल्लेख छ ।

विज्ञप्तिमा चाडो भन्दा चाडो खोपको व्यवस्था गरी नागरिकलाई आश्वस्त पार्न, विगतका अहंकार र मनोमानीबाट भत्केका बिग्रेका संवैधानिक प्रक्रियालाई पुनःस्थापित गरी पार्टीहरुबीचको समझ्दारीको आधारमा सरकार गठन गरी लोकतन्त्रलाई संस्थागत गर्न सरकार सफल बनोस् भनि शुभकामना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives