पार्किङ गरिएका चार सवारी साधनमा पहिरो खस्यो

राष्ट्र न्यूज सम्वाददाता
असार २८, २०७८
pahiro

पोखरा, २८ असार । पार्किङ गरेको अवस्थामा पहिलो खस्दा चार वटा सवारी साधनमा क्षति पुगेको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट गायत्री मन्दिर स्थित बेनी जोमसोम सडक खण्डमा पार्किङगरेका सवारी साधनमाथि ढुङ्गा माटो सहितको पहिरो खसेको हो ।

पहिरोका कारण पार्किङ गरि राखेको ग.१.ज ५८९८, ग.१.ज ६२३०, ध.१.ज ६४१ र बा.प्र.०१०२५.च००५४ नं. को जिपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives