पोखरा, २७ असार । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटप्रति पोखरामा ग्राहकको आकर्षण बढेको छ ।
निशानका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोकले आइतबार एकै दिन निसान म्याग्नाइटको ग्राण्ड डेलिभरी गरेको छ । केही दिनदेखि बुकिङ भएका १५ वटा निशान म्याग्नाइट एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको निर्देशक शिव बरालले जानकारी दिनुभयो ।
बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक निशान म्यागनाइट गाडीमा ग्राहकको आकर्षण बढिरहेको बरालले बताउनुभयो । ‘निकै राम्रा विशेषतासहितको यो गाडी शुलभ मूल्यमा बजारमा आएकाले पनि धेरेको रोजाईमा परेको छ,’ उहाँले भन्नुभयो । पोखरा, लेखनाथसहित समग्र कास्की र वरपरका जिल्लाबाट पोखरामा निशान म्यागनाइट खरिद गर्न ग्राहकहरु आउने गरेको बरालले बताउनुभयो ।
‘धेरै ग्राहकले टेष्ट ड्राइभ गर्न पनि आउनु भएको छ । उहाँहरुले यो गाडी मन पराउनु भएको छ,’ बरालले भन्नुभयो, ‘पुराना गाडी एक्स्चेन्ज गरेर नयाँ निशान म्यागनाइट चढ्न चाहनेहरुको संख्या पनि राम्रो छ ।’ पुरानो गाडी एक्स्चेन्ज गर्न चाहेमा उचित मूल्य प्रदान गरी एक्स्चेन्ज सुविधा उपलब्ध रहेको बरालले बताउनुभयो ।
निशान म्यागनाइटको शुरुवाती मूल्य ३० लाख रुपैयाँ रहेको छ । कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ५० हजार रुपैयाँ छुटको व्यवस्था गरेको बराललले जानकारी दिनुभयो । ‘मेक इन इण्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निशान म्यागनाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू छन् । यी सुविधाहरुका कारण उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।
समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निशानको मान्यता अनुसार नै यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ । म्यागनाइटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्येयका साथ निकै गहनताका साथ डिजाइन गरिएको बताइएको छ ।
पुष बटम स्टार्ट, प्रोजेटेड एलइडि हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् ।
इलाइट मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक गोपाल बरालले ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले अटो बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्न सफल भएको बताउनुभयो ।
पोखरामा निशानको शोरुम व्यवस्थित सर्भिस सेन्टरसहित स्थापना गरिएको छ । बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको उहाँको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
३३ औ राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तिव्र पार्दै
उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिकाको खोजी
काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान
चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण
सुनको मूल्य घट्यो
Archives
Archives