नापी कार्यालय कास्कीका कर्मचारीलाई कोरोनापछि सेवा बन्द

राष्ट्र न्यूज सम्वाददाता
असार २७, २०७८
napi office

पोखरा, २७ असार । नापी कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

कार्यालयले सूचना प्रकाशित गरी आज आइतबारदेखि शुक्रबारसम्म सेवा बन्द गरिएको जनाएको हो ।

कार्यालयका ६ जनामा कोरोना संक्रमण भएको र अन्य कर्मचारीमा समेत मिल्दोजुल्दो लक्षण देखिएपछि होम आइसोलेसनमा रहेकाले सेवा प्रवाहमा कठिनाइ भएको र सेवाग्राहीमा समेत संक्रमण फैलन सम्भावना रहेकाले सेवा बन्द गर्नु परेको सूचनामा उल्लेख छ ।

कार्यालय प्रमुख खिमलाल गौतमद्वारा जारी सूचनामा राष्ट्रिय महत्वका योजना तथा न्यायीक निकायसँग सम्वन्धित कार्य बाहेक सम्पूर्ण सेवा स्थगन गरिएको उल्लेख छ ।

Related News

सम्बन्धित समाचार