पोखरा, २७ असार । पोखराको सिमलचौरमा रहेको जनप्रिय बहुमुखी क्याम्पसका दुई विद्यार्थीले नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल हुनु भएको छ ।
बिबिए संकायका ती विद्यार्थीले त्रिभुवन विश्वविद्यालयले लिने सेमेष्टर परीक्षामा उत्कृष्ट ३ दशमलव ९९ जिपिए ल्याएर नेपाल टप हुन सफल भएको क्याम्पसले जनाएको छ । तेस्रो सेमेष्टरको परीक्षामा अस्मिता रेग्मी र सलोनी बुद्धाचार्यले उत्कृष्ट नतिजा ल्याएर नेपाल टप सफल हुनुभएको हो ।
अर्का दुई विधार्थी विधान अधिकारी र निशा ढकालले पनि ३ दशमलव ९८ जिपिए ल्याएर नेपालभरी नै दोस्रो हुन सफल हुनुभएको छ ।
नजिताको पछाडि विद्यार्थीको छनोट, शिक्षक र विद्यार्थीको मेहनत मुख्य रहेको क्याम्पस प्रमुख विरञ्जी गौतमको भनाइ छ । ‘राजधानी बाहिरकै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन क्याम्पस सफल भएको छ, क्याम्पस प्रमुख गौतमले भन्नुभयो, गुणस्तरी शिक्षा नै हाम्रो लक्ष्य हो ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives