कर्मशीलद्वारा आर्थिक सहयोग

राष्ट्र न्यूज सम्वाददाता
असार २६, २०७८
manipal help

पोखरा, २६ असार । कर्मशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्नो दशौं स्थापना दिवसका अवसरमा मणिपाल शिक्षण अस्पतालस्थित एमविविएस अध्ययनरत विद्यार्थीहरूद्वारा सञ्चालित “गरिब, असहाय विरामी कोष” लाई आर्थिक सहयोग गरेको छ ।

संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको लेखा समिति संयोजक प्रा.देवीलाल शर्मा तिमल्सेनाले जानकारी दिनुभयो ।

संस्थाका सञ्चालक सदस्य गोविन्दप्रसाद गौतमको संयोजनमा आयोजित एक कार्यक्रमकाबीच संस्थाका उपाध्यक्ष संगीता गौतम तिमल्सेना र लेखा समिति संयोजक प्रा.देवीलाल शर्माले कोषका सञ्चालकलाई १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

Related News

सम्बन्धित समाचार