शिक्षकहरु धर्नामा

राष्ट्र न्यूज सम्वाददाता
असार २५, २०७८
Teacher

पोखरा, २५ असार । नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति कास्कीले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ कास्कीमा धर्ना दिएको छ ।

समितिको अगुवामा पुगेका शिक्षकहरुले बिहान १० देखि १ बजेसम्म धर्ना दिएको नेपाल शिक्षक संघ कास्कीका सचिव राजु क्षत्रीले जानकारी दिनुभयो । समितिले विभिन्न ३१ बुँदे माग सहितको ज्ञापनपत्र पनि बुझाएको छ ।

आन्दोलन परिचालन समितिका संयोजक महेन्द्र पौडेल र सचिव मणिराज कँडेलले इकाइका निमित्त प्रमुख भरत बराललाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।

शिक्षकलाई कोभिड विरुद्वको खोप उपलब्ध गराउन, बजेटमा शिक्षकलाई गरिएको विभेद अन्त्य गर्न र शिक्षा सेवा आयोगलाई पूर्णता दिनुपर्ने माग राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।

धर्नापछि आयोजित सभामा नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य सम्झना कट्टेल, बसन्तराज पाण्डे, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष रमेश भट्टराई, गोपालमणि लामिछाने लगायतले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives