कास्की काँग्रेसले बुझायो क्रियाशील सदस्यको विवरण

राष्ट्र न्यूज सम्वाददाता
असार २३, २०७८
photo

पोखरा, २३ असार । नेपाली काँग्रेस कास्कीले क्रियाशील सदस्यको वितरण केन्द्रीय कार्यालयलाई बुझाएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो ।

टोलीमा उपसभापति आइ बहादुर गुरुङ, सचिव सुदिपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे र प्रवक्ता नवीन सिग्देल हुनुहुन्थ्यो ।

कास्की काँग्रेसले नयाँ र पूराना गरी १९ हजार एक सय ४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको हो ।

टोलीले पार्टीका केन्द्रीय नेताहरुसँग भेटघाट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी १४ औं महाधिवेशन बारे छलफल गरेको थियो ।

Related News

सम्बन्धित समाचार