पर्वत, २३ असार (रासस) :। जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् ।
गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहनुभएको छ । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बाढीले तीन वटा घर पनि बगाएको छ ।
खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु
नागीधार महोत्सवको तयारी पुरा
पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives