नेता कुँवरको शव अत्येष्टिका लागि पोखरा ल्याइदै

राष्ट्र न्यूज सम्वाददाता
असार २२, २०७८
ramji

पोखरा, २२ असार । नेपाली काँग्रेसका नेता रामजी कुँवरको शव अत्येष्टिका लागि आज पोखरा ल्याइदै छ ।

अहिले उहाँको पार्थिव शरीर श्रद्वाञ्जलीका लागि नेपाल ट्रेड युनियन काँग्रेसको केन्द्रीय कार्यालय अनामनगरमा राखिएको छ ।
त्यहाँ पुगेर काँग्रेसका केन्द्रीय नेता र ट्रेड युनियनका नेताहरुले श्रद्वाञ्जली अर्पण गर्नुभएको छ ।

उहाँको निधन लगत्तै कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा उपसभापति आइ बहादुर गुरुङ, सचिव सुदिपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, प्रवक्ता नवीन सिग्देल शिक्षण अस्पताल पुग्नु भएको थियो । काठमाण्डौंको शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार उहाँको निधन भएको थियो ।

‘उहाँको पार्थिव शरीर काठमाण्डौंबाट पोखरा ल्याउने तयारी भैरहेको छ, प्रवक्ता नवीन सिग्देलले भन्नुभयो, पार्थिव शरीर केही समय पोखरा ६ बैदामस्थित निवासमा राखिने र करीब ३ बजे पोखरा शान्तिघाटमा अत्येष्टि गरिने छ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives