पोखरा, २१ असार । कास्कीमा असार २८ गते सोमबार कोभिड १९ विरुद्वको भेरोशिल खोप लगाइने भएको छ ।
जेठ २७ गते खोप लगाएकाहरुलाई दोस्रो मात्राको खोप दिन लागिएको हो । त्यतिबेला कास्की जिल्लाका विभिन्न वडाहरुका खोप केन्द्रहरुमा ६२ वर्ष पूरा भई ६५ वर्ष ननाघेका नागरिकलाई खोप दिइएको थियो ।
यसअघि जेठ २७ गते खोप लगाएको खोप केन्द्रबाट नै खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।
उहाँले भेरोशिल खोप पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य रुपमा लिएर खोप केन्द्रमा गई जनस्वास्थ्यका मापदण्ड पालना गरी खोप सेवा लिन अनुरोध गर्नुभएको छ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लिन सकिने छ ।
Related News
सम्बन्धित समाचार
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
Archives
Archives