पोखरा, १८ असार । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस्(नाटा) गण्डकी प्रदेश पोखराले पर्यटन मजदुरलाई राहत वितरण गरेको छ ।
कोरोना महामारीसँगै समस्यामा परेका मजदुरलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । पोखराको लेकसाइडमा कार्यक्रम गरी ६० परिवारलाई राहत वितरण गरिएको नाटा गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले जानकारी दिनुभयो । चामल, दाल, तेल, मसला, चनालगायतका खाद्यान्न सामागी वितरण गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं ६ का अध्यक्ष जगत पहारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपि भट्टराई, नाटा पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष हरिराम अधिकारी, एनटिभिएका अध्यक्ष बबरजङ्ग गुरुङले राहत वितरण गर्नुभएको जानकारी कार्यालय प्रमुख देवराज देवकोटाले दिनुभयो। कार्यसमिति सदस्य ताराप्रसाद गौतमले कार्यक्रम संयोजन गर्नुभएको थियो ।
नाटा गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम सचिव सङ्गिता पौडेलले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives