‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’

पोखरामा शुरु भयो खाद्य बैंक

राष्ट्र न्यूज सम्वाददाता
जेठ १९, २०७८
food bank pkr

पोखरा, १९ जेठ । लायन्स क्लव अफ पोखरा अभियानले पोखरामा खाद्य बैंक सञ्चालनमा ल्याएको छ ।

एक महिनादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि प्रशासनले लगाएको निषेधाज्ञाका कारण समस्यामा परेका वर्गहरुलाई लक्षित गर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष विनोद ढुंगानाले जानकारी दिनुभयो ।

पोखराको चिप्लेढुङ्गाबाट शुरु गरिएको यो अभियानलाई अन्य क्लव तथा संघसंस्थाहरुसँग सहकार्य गर्दै पोखराका विभिन्न चोकहरुमा स ञ्चालन गरिने तयारी छ । खाद्य बैंकमा हाल दैनिक भान्सामा प्रयोग गरिने दाल, चामल, तेल, नुन लगायतका खाद्य सामाग्री राखिएको छ ।

‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने नारासहित शुरु गरिएको अभियानको पहिलो दिनमा एक १७ जनाले सेवा लिएको कार्यक्रम संयोजक मातृका पोखरेलले जानकारी दिनुभयो ।

हरेक दिन बिहान ६ बजेबाट ९ बजेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम पनि शुरु भएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै