– कृष्ण न्यौपाने
दमौली, १८ जेठ (रासस) :पिसिआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीलाई निलम्बन गरेको छ ।
सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भनी निजीबाट रिपोर्ट उपलब्ध गराइदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने चार कर्मचारीलाई उपचार केन्द्रले निलम्बन गरेको हो ।
निलम्बनमा पर्नेमा सुधन पन्त, आनन्दप्रसाद ढुङ्गाना, विधान तिमिल्सिना र मदन श्रेष्ठ छन् । उनीहरुलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको र उक्त कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म निलम्बन गरिएको उपचार केन्द्रले जानकारी दिएको छ ।
उपचार केन्द्रबाट हाल प्रदान भइरहेको सेवाको गुणस्तरमा कुनै प्रकारको कमी कमजोरी हुन नदिन प्रशासन प्रतिबद्ध रहेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सेवाग्राही तथा सरोकारवालाहरुबाट केन्द्रले सदैव पाइरहेको विश्वास र भरोसा आगामी दिनमा पनि निरन्तर रहने केन्द्रले जनाएको छ । सत्र जनासँग पिसिआर रिपोर्टका लागि भन्दै उठाइएको रु तीन हजार गत बुधबार फिर्ता गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते देखि हुने सोँथर बेँसी टारी बजार मेलाको तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता
विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी
एकतावद्ध भएमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ – सभापति देउवा
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने