पोखरा, १५ असार । पोखरा महानगरपालिका वडा नं १७ स्थित फुस्रे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
खोलाले बगाउँदा स्याङजा बिरुवा गाउँपालिका–७ डिही घर भई हाल जिल्ला कास्की पोखरा –१७ हनुमान टोल बस्ने २६ वर्षीय युम बहादुर गुरुङको मृत्यु भएको हो । काउछेघारीस्थित फुस्रे खोलामा माछा मार्ने क्रममा गुरुङलाई खोलाले बगाएको थियो ।
उता पोखरा १६ बाटुलेचौरमा एक जना महिलाको मृत्यु भएको छ । २८ वर्षीया शान्त खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेलुका खाना खाएर सुत्नु भएकी खड्का बिहान अबरेसम्म पनि नउठेपछि भाईले उठाउन जाँदा बेहोस अवस्थामा भेटिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives