पोखरा, १४ असार । लायन्स क्लव ३२५ वी १ नेपालको क्लष्टर ५, रिजन ९ अन्तर्गत जोन १७ को प्रि एडभाईजरी कमिटी मिटिङ्ग सम्पन्न भएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ हेमजाका अध्यक्ष प्रकाश पौडेल, लायन्स क्लब अफ पोखरा लालिगुँरासका अध्यक्ष कपिलदेव शर्मा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिम्सिना, लायन्स क्लब अफ लेखनाथ कवी शिरोमणिका अध्यक्ष राजुप्रसाद तिवारीले क्लबले गर्ने वर्षभरीका योजना प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा लायन्स क्लब अफ पोखरा सेतो गुँरास नामक नयाँ क्लब पनि घोषणा गरिएको थियो । जसको संस्थापक अध्यक्षमा वसन्तराज बास्तोला रहनुभएको छ ।
कार्यक्रममा बोल्दै लायन्स क्लब ३२५ वी १ नेपाल वेलफेयर बैंक चिफ मिलन थापाले आफ्नो पदिय दायित्वमा रहेर काम गर्ने क्लब सफल हुने बताउनुभयो ।
एलसिआईएफ डिष्ट्रिक कोर्डिनेटर मोति तिमिल्सिनाले दुःखी पिडितलाई सहयोग गर्दा आत्मासन्तुष्टि मिल्ने बताउनुभयो ।
जोन १७ का जोन चेयरपर्सन केशवशरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लष्टर चिफ पुरुषोत्तम पराजुली, रिजन चेयरपर्सन जीवन गोर्खाली, जोन चेयरपर्सन युवराज बोहोरा, जोन १७ का मिडिया कोर्डिनेटर प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ पोखरा लालिगुँरासका निर्वतमान अध्यक्ष भरतराज अधिकारी, लायन्स क्लब अफ हेमजाका सचिव सन्तमान श्रेष्ठले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives