पोखरा, १३ असार । च्याउ खाँदा पोखराका आठ जना बिरामी भएका छन् ।
सबै बिरामी पोखरा महानगरपालिका वडा नं ३३ का हुन् । विरामी हुनेमा पोखरा महानगरपालिका–३३ पुँडी बस्ने ४५ वर्षीय गोठे पुन, उनकी श्रीमती ४० वर्षीया लीला पुन, छोरा १३ वर्षीय पुर्ण पुन, छोरी १० वर्षीया बिनिता पुन, छोरी ८ वर्षीया अस्मिता पुन, ६ वर्षीया छोरी माया पुन छन् ।
त्यस्तै स्वाँरा बस्ने ५५ वर्षीय वर्षीय भिम बहादुर पुन र उनकी श्रीमती ५२ वर्षीया गौमाया पुन छन् ।
बिरामी सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
धारापानी सामुदायिक वनबाट नाम नखुलेको च्याउ ल्याई खाँदा बिरामी भई बेहोस भएपछि उपचारार्थ अस्पताल लगिएको हो ।
घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन