पोखरा, १३ असार । पोखराका युवा व्यवसायी हरिराज पन्त नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनित हुनु भएको छ ।
पन्तलाई कांग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले गएको चैतमा नै सो पदमा मनोनयन गर्नु भएको हो । कोभिडको कारण पन्तले मनोनयनपत्र भने हालसालै बुझ्नु भएको हो । पन्त पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा नेपाल वितरक महासंघका महासचिवसमेत हुनुहुन्छ ।
लायन्स क्लबदेखि अन्य सामाजिक संघ÷संस्थामा क्रियाशिल रहेका पन्तले उद्योगी÷व्यवसायीहरुको हितमा कार्यरत रहँदाकै बेला प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।
‘निजी क्षेत्र मैत्री वातावरण निर्माणमा राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुन्छ’,उहाँले भन्नुभयो,‘खुल्ला अर्थतन्त्रको पक्षमा रहेको कांग्रेसको भूमिका अझ व्यवसाय मैत्री बनाउनको लागि म नीतिगत रुपमा नै लबिङमा लाग्नेछु ।’
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives