तनहुँ, १० असार (रासस) । व्यास नगरपालिका–१३ निवासी वसन्त आलेले पोखरी भञ्ज्याङ नजिक व्यावसायिक रुपमा मेवा खेती थाल्नुभएको छ ।
नेपाल विद्यार्थी सङ्घ तनहुँका पूर्वअध्यक्ष आलेले ताइवान रेडलेडी ८७६ जातको मेवाको खेती गर्नुभएको हो ।
करिब ९० रोपनी क्षेत्रफलमा करिब सात हजार मेवाको बिरुवा लगाउने योजना अनुरुप हाल दुई हजार बिरुवा ताइवानबाट ल्याएर लगाइएको आलेले बताउनुभयो । गत वैशाखमा बिरुवा लगाएको तीन महिना भयो । छ महिनामा फल दिन शुरु हुन्छ । उहाँले भन्नुभयो, “फल राम्रो लाग्ने र बिक्रीको लागि १५ दिनसम्म टिकाउ हुने भएकाले यसतर्फ आर्कषित भएको हुँ ।”
भारतमा उत्पादन भएको मेवाको तुलनामा नेपालमा उत्पादन भएको मेवाको स्वादले सजिलै बजार लिन सक्ने विश्वास गरिएको उहाँ बताउनुहुन्छ ।
स्थानीय जातको मेवा दुई÷तीन दिन पनि टिकाउ नहुने र कुहिने भएकाले यस जातको मेवाको बिरुवा लगाइएको हो । उहाँले भन्नुभयो, “आफूले पनि पहिलो पटक लगाएकोले कस्तो फल दिन्छ हेर्न बाँकी रहेको छ ।” एउटा बीउको रु २८ परेको छ । दश ग्राम प्याकेटको नौ हजार परेको र फल राम्रो फल्ने जानकारी समेत पाएको उहाँले बताउनुभयो ।
लकडाउन खुलेपछि सोही क्षेत्रमा बाख्रा तथा पाडा पाल्नको लागि खोर गोठ निर्माण गरिने किसान आलेले जानकारी दिनुभयो । आले विसं ०५१ सालमा स्ववियू सभापति हुदै २०५३ बाट ०६९ सम्म तीन कार्यकाल नेविसंघ तनहुँका जिल्ला अध्यक्षको नेतृत्व लिएर काम गरिसक्नु भएको छ ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी