अपाङ्गता सहायता सामाग्री पठाइदै

राष्ट्र न्यूज सम्वाददाता
असार १०, २०७८
aujar

पोखरा, १० असार । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र गण्डकी प्रदेशले प्रदेश अन्तर्गतका जिल्लामा अपाङ्गता सहायता सामाग्री पठाउने भएको छ ।

जटिल अवस्थाको अपाङ्गता भएका व्यत्ति जसका लागि लागि सहायता सामाग्री अत्यावश्यक छ उनीहरुका लागि सामाग्री पठाउन लागिएको हो ।
सामाजिक विकास महाशाखाले स्वास्थ्य कार्यालय र प्रदेश भित्रका पालिकासँग समन्वय गरी सामाग्री वितरण गर्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र गण्डकीका प्रमुख खिम बहादुर खड्काले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका ८५ पालिकामा सहायत सामाग्री पुग्ने उहाँको भनाइ छ । वैशाखी, ह्विल चेयर, ह्वाईट स्टिक, कम्मोड चेयर, वाकर, हेयरिङ एड्लगायतका नौ प्रकारमा सहायता सामाग्री पठाइने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives