पोखरा, १० असार । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् युवा पत्रकार सुदिपराज ढुङ्गानालाई मातृशोक परेको छ ।
उहाँकी आमा खिमकुमारी ढुङ्गानाको ७४ वर्षको उमेरमा निधन भएको हो ।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको हो । उहाँलाई विगत एक महिनादेखि निमोनियाको समस्या थियो ।
उहाँको पार्थिव शरीर बिहीबार बिहान १० बजे पोखराको रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिने छ ।
उहाँका तीन छोरा, तीन छोरी हुनुहुन्छ । तीन छोरामध्य सुदिप माइलो छोरा हुनुहुन्छ ।
सुदीप नेपाल पत्रकार महासंघको गण्डकी परिषद् सदस्यसँगै लायन्स गतिविधिमा संलग्न रहदै सामाजिक क्रियाकलापमा अग्रसर रहनु भएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives