पोखरा, ७ असार । किसान र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यले स्थापित अर्बन बजार यही असार १२ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
पोखराका ४ जना युवा व्यवसायद्वारा सञ्चालित यस कम्पनीमा हालसम्म एक करोड लगानी भइसकेको कम्पनीका अध्यक्ष तिलक लामिछानेले जानकारी दिनुभयो ।
कृषकहरुले उत्पादन गरेका तरकारीजन्य, दुग्धजन्य, फलपूmलजन्य, स्थानीय उत्पादन र मासुजन्य उत्पादनलाई सिघै उपभोक्तासम्म पु¥याउने योजना रहेको लामिछानेले बताए ।
डिजिटल युगमा दैनिक उपभोग्य समान खरिद गर्न बजारसम्म जानुपर्ने बाध्यातालाई कम गर्न डिजिटल हाटबजारका रुपमा अर्बन बजार एउटा भरपर्दो विकल्पको रुपमा प्रवेश गर्न लागेको अर्का सञ्चालक दीपक सिंजालीले बताउनुभयो ।
अर्गानिक तथा नन अर्गानिक गरी तरकारी तथा फलपूmलको ग्रेडिङ गर्ने र गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने उहाँको भनाइ छ ।
पहिलो चरणमा पोखरा र आसपासका क्षेत्रलाई लक्षित गरेर व्यवसाय सुरु गरिएको सञ्चालक विजय बरालले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
३३ औ राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तिव्र पार्दै
उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिकाको खोजी
काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान
चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण
सुनको मूल्य घट्यो
Archives
Archives