महाकालीमा खतराको सङ्केत

रासस
असार ६, २०७८
Mahakali river

डडेल्धुरा, ६ असार(रासस) ।लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ ।

डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

सामान्यतः ६.८० मिटर भएमा खतराको तह मानिन्छ । महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराका साथै कञ्चनपुरका महाकाली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बताइएको छ ।

विशेषगरी डडेल्धुराको परशुराम नगरपालिका—६ र ७ को तटीय क्षेत्रका साथै कञ्चनपुरको महाकाली छेउछाउका वस्तीमा जोखिम बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको हो ।

महाकाली नदीमा जलस्तर बढेसँगै महाकाली नदीको तटीय क्षेत्रका स्थानीयवासीलाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना समेत जारी गरेको छ ।

महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराको प्रसिद्ध धार्मिक स्थल परशुराम धाम जोखिममा परेको छ । महाकाली नदीमा जलस्तर बढेपछि जिल्लाको परशुराम नगरपालिका—५ को महाकाली नदी किनारस्थित यस मन्दिर डुबानमा पर्न थालेको परिगाउँ प्रहरी चौकीले जानकारी दिएको छ ।

आइतबार बिहानसम्म महाकालीको जोखिम स्तर बढेको भए पनि दिउँसोदेखि वर्षा रोकिएपछि पानीको तह केही घटेको छ ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives