पोखरा, ४ असार । कास्कीको रुपापाउँपालिका वडा नं ७ धारापानीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
स्थानीय ३४ वर्षीय तुल बहादुर गुरुङ आफ्नै बारीमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो । बाघ देखेर भाग्ने क्रममा पछ्याउँदै उनलाई आक्रमण गरेको बताइएको छ ।
बाघको प्रतिकार गर्ने क्रममा स्थानीय ३२ वर्षीय मिलन गुरुङ पनि घाइते भएका छन् । घाइते दुवैको उपचार भिरचोक स्वास्थ्य चौकीमा भइरहेको छ ।
स्थानीयले बाघसँग प्रतिकार गर्ने क्रममा बाघको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता
महोत्सवमा आलु किन्नेको भिड
घान्द्रुक पर्यटन महोत्सव सुरु
वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
आलु महोत्सव सुरु
Archives
Archives