कोभिड–१९ प्रभावित करदातालाई विशेष छुट

रासस
असार ३, २०७८
corona 2

काठमाडौँ, ३ असार (रासस) । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ ।

आव २०७८÷७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो ।

“यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीलाई घरबहाल रकममा १० प्रतिशत वा रु २५ हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ, यस कार्यका लागि निजी क्षेत्रसमेत परिचालन गरिनेछ”, नीतिमा भनिएको छ, “कामपालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ, कोभिड–१९ महामारीबाट प्रभावित करदाता तथा सार्वजनिक– निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमलाई छुट÷सहुलियत दिइनेछ ।”

कोभिड–१९ बाट प्रभावित व्यवसाय (जस्तै होटल, पर्यटनलगायतका क्षेत्र) लाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख छ ।

शहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा कामपा क्षेत्रमा अस्थायीरूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

  • व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य

    राष्ट्र न्यूज सम्वाददाता माघ १७, २०८१
    पोखरा । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ । आइटी महोत्सवसहित १२…
  • व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति

    राष्ट्र न्यूज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका…
  • व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म

    राष्ट्र न्यूज सम्वाददाता माघ १५, २०८१
    पोखरा । पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । त्यहाँ विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । स्थानीय जयबहादुर…
  • व्यापार मेलामा सम्भावनाको बहस

    राष्ट्र न्यूज सम्वाददाता माघ १३, २०८१
    पोखरा । सूत्रधार तथा पत्रकार गोविन्द सुवेदीले कार्यक्रमको सुरुमै स्याङ्जाका अगुवा कृषक फणिनारायण अर्याल तथा व्यवसायी कोमलजंग कुँवरको दृष्टान्त पेश…
  • राष्ट्रिय औद्योगिक व्यापा मेला सुरु

    राष्ट्र न्यूज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक २०२५ तथा…

Recent News

भर्खरै