पोखरा, २ असार । अविरल वर्षाका कारण देशभर बाढीपहिरोका घटना बढ्न थालेको छ ।
अविरल वर्षापछि गएराति पोखरा २५ मेलबोटस्थित मुनिलाल मार्गमा पहिरो खसेको छ । पहिरोका कारण कास्कीको माछापूच्छ«े गाउँपालिका प्रवेश नाकाको सडक अवरुद्व भएको छ ।
सडक अवरुद्व हुँदा बिहानैदेखि कृषिजन्य उत्पादन र खाद्यान्न ढुवानीमा समस्या भएको छ ।
अविरल वर्षापछि बढेको खहरे खोलाले बगाउँदा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ ।
हिजो राति करिब ८ः३० बजेको समयमा टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरे खोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
महिलाको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते