स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट ल्याउन काँग्रेसका जिल्ला सभापतिहरुको माग

राष्ट्र न्यूज सम्वाददाता
जेठ ३१, २०७८
Jill savapati

पोखरा, ३१ जेठ । गण्डकी प्रदेश अन्तर्गत रहेका नेपाली काँग्रेसका आठ जिल्लाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन् ।

गण्डकी प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरुले सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिक रुपमा भेटेर त्यस्तो माग गरेका कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताउनुभयो ।

‘अहिलेको मुख्य प्राथमिकता कोभिड विरुद्वको खोप हो, खोपलाई प्राथमिकतामा राख्न अनुरोध गर्दछौं, जिल्ला सभापतिहरुको भनाई उदृत गर्दै प्रवत्ता सिग्देलले भन्नुभयो – खोपसँगै कोभिड प्रभावित क्षेत्रलाई महत्व दिन जिल्ला सभापतिहरुले अनुरोध गर्नुभएको छ ।’

कास्की काँग्रेसका सभापति कृष्ण केसीले सुशासन, विपत् व्यवस्थापन, कोरोना संक्रमित, संक्रमित परिवार र प्रभावित क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन आग्रह गर्नुभयो ।

 नेपाली काँग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले संविधान, संघीयता र विकासलाई मुख्य प्राथमिकता दिन आग्रह गर्नुभयो ।

सभापतिहरुले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने निर्णयप्रति ध्यानाकर्षण गराएपछि मुख्यमन्त्री पोखरेलले त्यस विषयमा कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो । पूर्व मुख्यमन्त्रीको सुविधाको विषयमा बाहिर आएको कुरामा सत्यता छैन, मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

त्यसक्रममा नेपाली काँग्रेस लमजुङका सभापति भेष बहादुर पौडेल, म्याग्दीका सभापति खमवीर गर्बुजा, स्याङ्जाका सभापति कुमार राना, बाग्लुङका सभापति दिपेन्द्र बहादुर थापा, नवलपुर सभापति विष्णु लामिछाने र गोखरका सचिव नन्दु न्यौपानले विभिन्न सुझाव दिनुभएको थियो ।
उहाँहरुले सामूहिक रुपमा मुख्यमन्त्री पोखरेललाई बधाई ज्ञापन पनि गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives