पोखरा, ३० जेठ । गण्डकी प्रदेश सरकारले मन्त्री कुमार खड्कालाई सरकारको प्रवक्ता तोकेको छ ।
शनिवार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठन भएपछि आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री खड्कालाई प्रवक्ता तोकेको हो ।
नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रहनु भएका प्रवक्ता खड्का पूर्व महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुनुहुन्छ । उहाँ स्पष्ट वक्ता, मिलनशार र निडर मानिनु हुन्छ ।
पोखरा महानगरपालिका वडा नं १६ निवासी मन्त्री खड्काले यस अघि पनि सरकारमा मन्त्री भएर भूमिका निर्वाह गर्नुभएका कारण उहाँको अनुभवले गण्डकी प्रदेश सरकार संचालनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको छ । बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives