कास्की काँग्रेसद्वारा गण्डकीका मुख्यमन्त्री र मन्त्रीलाई बधाई

राष्ट्र न्यूज सम्वाददाता
जेठ ३०, २०७८
krishana chandra

पोखरा, ३० जेठ । नेपाली काँग्रेस कास्कीले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री, आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का सहित गठबन्धनबाट मन्त्री बन्नु भएका सबैलाई बधाई ज्ञापन गर्नुभएको छ ।

विज्ञप्तिमा काँग्रेससहितको गठबन्धनलाई साथ र समर्थन गरी सरकार निर्माणमा योगदान गर्ने सबै दल र प्रदेश सभा सदस्यप्रति धन्यवाद व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives