गण्डकी, २९ जेठ(रासस)ः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
शुक्रबार प्रदेश प्रमुख पौडेलले आज दिउँसो ३.०० बजेसम्मको समय तोकेर प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो ।
कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र प्रदेश सभा सदस्य दीपक मनाङेको समर्थनमा प्रदेश प्रमुखकोमा दावी पेश गरिएको थियो ।
पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था छ ।
पुख्र्यौली थलो तनहुँ भएका ७१ वर्षीय पोखरेल प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट विजयी बन्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
संगीतमय बन्यो आलु महोत्सव
संगीतमय बन्यो आलु महोत्सव
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च