रगत अभाव हुन नदिन रक्तदान, एक सय आठ जनाले गरे रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
जेठ २९, २०७८
Raktadan

पोखरा, २९ जेठ । कोरोना महामारीका बेला संस्कृत युवा मञ्च नेपालले पोखरामा शनिवार आकस्मिक रक्तदान कार्यक्रम गरेको छ ।

‘घरआँगनबाटै रक्तदान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित रक्तदानमा एक सय आठ जनाले रक्तदान गरेको संस्थापक अध्यक्ष रामप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

मञ्चका सदस्य प्रविनचन्द्र बरालका अनुसार, पोखराको काँहुखोला, फुलबारी, सिमलचौर गरी तीन स्थानमा रक्तदान कार्यक्रम गरिएको हो ।

कोरोना महामारीका बेला रगतका अभाव नहोस् भनेर सामाजिक उत्तरदायित्व बहन गर्न रक्तदान कार्यक्रम गरिएको मञ्चको भनाइ छ ।

मञ्चका सहसचिव गिरिराज शर्माले रक्तदान कार्यक्रमको संयोजन गर्नुभएको हो । पोखराको काँहुखोलाबाट रक्तदान कार्यक्रम शुभारम्भ गरिएको थियो ।
पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाले ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । संस्कृत युवा मञ्च नेपालका अध्यक्ष हरिशरण पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives