ने.वि संघको चासो चुरेतर्फ

राष्ट्र न्यूज सम्वाददाता
जेठ २८, २०७८
nsu

पोखरा, २८ जेठ । ढुङ्गा, गिट्टी र बालुवाको निकासीसँगै चुरे संरक्षणमा पर्ने प्रभावका बारेमा नेपाल विद्यार्थी संघले चासो देखाएको छ ।

सोही विषयलाई लिएर नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस इकाइ समितिले भर्चुअल माध्यम मार्फत् चुरेका कुरा विषयक अन्तक्र्रिया कार्यक्रम गरेको छ । पछिल्लो समय चुरोका सम्वन्धमा उठेका विषयमा सम्वन्धित क्षेत्रका विज्ञहरुसँग अन्तक्र्रिया गरेको हो ।

कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पूर्व सदस्य डा.नगेन्द्र प्रसाद यादव, वन विज्ञान अध्ययन संस्थानका पूर्व डीन डा.कृष्णराज तिवारी, अनुसन्धानकर्ता विशाल भारद्वाज र नेपाल वन प्राविधिक संघका सदस्य शेर बहादुर परियारले चुरे क्षेत्रको वर्तमान अवस्था, चुरेको दोहनले विभिन्न पक्षमा पर्ने प्रभाव, चुरे संरक्षणको आवश्यकता र महत्व बारे बोलेका थिए ।

वत्ताहरुले सुशासनमा देखिएका समस्याले चुरेको संरक्षण तथा व्यवस्थापन थप चुनौतीपूर्ण हुँदै गएको, चुरे श्रृङ्खलाको बनावट, नदी नियन्त्रणका समस्या, नदीजन्य पदार्थको अत्याधिक उत्खनन् र संकलनले वातावरणलाई प्रतिकूल असर पार्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

ने.वि संघका इकाइ सभापति ज्ञानेन्द्र रेग्मीको सभापतित्वमा भएको कार्यक्रम सचिव अस्मित न्यौपानेले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives