पोखरा, २८ जेठ । केसी ग्रुपले कोरोना महामारीका बेला देश र जनताको साथमा रहेर सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिवद्वता व्यक्त गरेको छ ।
समाजप्रतिको उत्तरदायित्व बहन गर्दै विभिन्न सहयोगका माध्यमबाट केसी ग्रुपले आफ्नो उपस्थिति जनाइरहेको छ ।
पछिल्लो पटक केसी ग्रुपले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टका लागि २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
त्यस्तै, कास्कीको सिक्लेसका लागि ३ वटा अक्सिजन सिलिण्डर, ताङतिङका लागि दुई वटा अक्सिजन सिलिण्डर र पोखरा १७ को डेभिड फल क्लबलाई दुई वटा अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
आफ्ना स्व. बुबा सूर्य बहादुर केसीले समाजप्रति निर्वाह गर्दै आएको भूमिकालाई केसी ग्रुपले निरन्तरता दिने छोरा एवं ग्रुपका निर्देशक किरण केसीले बताउनुभयो ।
निर्देशक केसीले समाजप्रति निर्वाह गनुपर्ने हरेक सामाजिक उत्तरदायित्व पूरा गर्न सदैव प्रतिवद्व रहेको उल्लेख गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives