पोउवा संघद्धारा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

राष्ट्र न्यूज सम्वाददाता
जेठ २८, २०७८
sangh

पोखरा, २८ जेठ । पोखरा उद्योग वाणिज्य संघले संक्रामक तथा सरुवा रोग अस्पताल तथा मातृशिशु अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोभिड–१९ को दोस्रो लहरबाट नागरिकलाई जोगाउने अभियानमा लागेका अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन करीब २ लाख बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष नारायण कोइरालाले बताउनुभयो ।

बिहीबार मातृशिशु अस्पताललाई पीपीई, मास्क,पञ्जा, सेनिटाइजर ,फेसशिल्डसहित १ लाख बराबरका सामाग्री हस्तान्तरण गरिएको थियो ।

मातृशिशु अस्पतालले कोभिड वार्डमा महिला तथा बालबालिकालाई प्राथमिकता दिएपनि अन्य संक्रमितको पनि उपचार गरिने गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले बताउनुभयो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट पुष्कर पौडेलले कोभिडका बिरामीहरुलाई निःशुल्क पोषणयुक्त खानाको व्यवस्था गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पुष्पराज तिमिल्सिना र जिल्ला समन्वय समितिका अध्यक्ष वैनबहादुर क्षेत्रीले पनि बोल्नु भएको थियो ।

यता संघका अध्यक्ष कोइरालासहितको प्रतिनिधिमण्डलले बिहीबार नै लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पताललाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

अस्पतालका निर्देशक विकास गौचनले पछिल्ला दिनमा अस्पतालमा केही स्वास्थ्य सामाग्रीको अभाव भएको उल्लेख गर्नुभयो ।

संघका महासचिव सुरेन्द्रमान बिजुक्छेका अनुसार, जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पनि संघले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दैछ ।

संघले कोभिडको समस्यामा परेकाहरुलाई सहयोग पु¥याउने उद्देश्यले कोषाध्यक्ष बलराम आचार्यको संयोजकत्वमा पोउवा संघ कोभिड भाइरस राहत संकलन उपसमिति गठन गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives