लायन्सको मे महिनाको अवार्ड पोखराका पौडेललाई

राष्ट्र न्यूज सम्वाददाता
जेठ २७, २०७८
Narayan poudel

पोखरा, २७ जेठ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ वी वान नेपालको मे महिनाको ‘नर्टर दि फ्युचर अफ दि मन्थ’ अवार्डबाट पोखराका नारायण प्रसाद पौडेल पुरस्कृत हुनुभएको छ ।

विभिन्न विधामा राम्रो काम गर्ने क्लबका सदस्यलाई हरेक महिना यसरी नै पुरस्कृत गर्ने गरिन्छ । पोखरा ११ फूलबारी निवासी पौडेल विगत ६ वर्षदेखि लायन्सका गतिविधिमा संलग्न हुनुहुन्छ । उहाँ लायन्स क्लब पोखरा तालबाहारीका अध्यक्ष हुनुहुन्छ ।

वी वान नेपाल अन्तर्गत १५ हजार सदस्य र पाँच सय ५० बढी क्लब आवद्व छन् । अवार्डले लायन्स गतिविधिसँगै आवद्व रहदै समाजसेवामा लागिरहन प्रेरणा दिएको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार