पत्रकार पराजुलीको पहलमा पोखरा – २३ मा राहत

राष्ट्र न्यूज सम्वाददाता
जेठ २५, २०७८
Rahat 23

पोखरा, २५ जेठ । युवा समाजसेवी तथा पत्रकार भानु पराजुलीको पहलमा पोखरा महानगरपालिका वडा –२३ मा आज राहत वितरण गरिएको छ ।

बहिनी एडुकेयर फाउण्डेशनको आर्थिक सहयोगमा आर्थिक रुपमा विपन्न १ सय परिवारलाई राहत दिइएको फाउण्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र परियारले जानकारी दिनुभयो ।

पोखरा–२३, का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीको उपस्थितिमा वडा कार्यालय परिसरमा प्रति परिवार २५ केजी चामल, ५ केजी दाल, ४ वटा हात धुने सावुन र १५ वटा मास्क वितरण गरिएको थियो । सिद्ध वराह मा.विका अध्यक्ष उपेन्द्र पराजुली र शिक्षक प्रेम पराजुली सहितको सहयोगमा राहत वितरण गरिएको थियो ।

कतिपय छुटेको परिवार पहिचान गरी पछि पनि सहयोग गरिने बचन फÞाउण्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र परियारले दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै