पोखरा, २५ जेठ । राष्ट्रिय सङ्गितकर्मी संघ कास्कीले ४३ परिवारलाई राहत वितरण गरेको छ ।
कोभिड र निषेधाज्ञाका कारण प्रभावित कलाकारको परिवारलाई राहत वितरण गरिएको संयोजक कपिल श्रेष्ठले बताउनुभयो ।
समस्याका बेला कलाकारको साथमा रहनु कर्तव्य सम्झेर सहयोग गरिएको कास्कीका अध्यक्ष ऋषिराम दाहालको भनाइ छ ।
कार्यक्रममा युवराज बजगाई, समाजसेवी हरि प्रसाद अधिकारी, इन्द राज रानाभाट, पत्रकार भिमपाणि बराल, कास्की जिल्ला इञ्चार्ज लिला पौडेल, कोषाध्यक्ष जय कुमार परियार, कार्यक्रम सहसंयोजक राजन सुवेदी लगायतले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता
विद्युतीय पार्श्वचित्र सम्बन्धी छलफल