पोखरा, २१ जेठ । अनियन्त्रित भई ट्याक्टर पल्टदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ट्याक्टरमा सवार लमजुङ राईनास नगरपालिका–४ सातबिसेका अन्दाजी ६० वर्षीय राम बहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार कुमाललाई ट्याक्टरले च्याप्दा घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक एक बहादुर कुमाल घाइते हुनुभएको छ । उहाँको लमजुङ अस्पतालमा उपचार भैरहेको छ ।
लमजुङको राईनास नगरपालिका –८ भैसे खोलास्थित तिनपिप्लेतर्फ जाँदै गरेको ग १ त ५६९४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टेको थियो ।
Related News
सम्बन्धित समाचार
श्री कृष्ण प्रणामी मन्दिरमा रक्षाबन्धन विशेष कार्यक्रम हुँदै
अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा
आयोजना सकियो पानी आएन
लियो ३२५ जे नेपालको पहिलो बोर्ड बैठक
पृथ्वीराजमार्गको विकल्पः त्रिशुली करिडोर