भगवद् गिता प्रतियोगिता

राष्ट्र न्यूज सम्वाददाता
जेठ २०, २०७८
Photo

पोखरा, २० जेठ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) नेपाल पोखरा शाखाले भगवद् गिता प्रतियोगिता आयोजना गरेको छ ।

आधुनिक युगमा भगवद् गिताको महत्व बुझाउने उद्देश्यले प्रतियोगिता गरिएको इस्कोन पोखराका अध्यक्ष सुवास भण्डारीले जानकारी दिनुभयो ।
सबै उमेर समूहले सहभागिता जनाउन सक्ने प्रतियोगिता विगत दुई हप्तादेखि संचालन भैरहेको छ । प्रतियोगिताको समापन जेठ ३० गते गरिने छ । जेठ २९ गतेसम्म प्रतियोगितामा सहभागिता जनाउन सकिने इस्कोनले जनाएको छ । अहिलेसम्म २१ जनाले सहभागिता जनाइसकेको प्रतियोगितामा ५० जना बढी सहभागी हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउने अधिकांश युवा छन् । सहभागिता जनाउने क्रम जारी छ । प्रतियोगितामा सहभागि हुन इस्कोन पोखराको अफिसियल पेजमा उल्लेख भगवद् गितासँग सवन्धित १० वटा विषयवस्तुमा आफ्नो वीचार प्रस्तुत गरी पाँच मिनेटसम्मको भिडियो बनाएर पठाउनुपर्ने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई भगवद् गितासँग सवन्धित विभिन्न १५ वटा पुस्तक पुरस्कार स्वरुप प्रदान गरिने छ ।विगत सात वर्षदेखि पोखरामा शाखा विस्तार भएको इस्कोनले भगवद् गिताको माध्यमबाट समाजलाई सभ्य, शान्त र अनुशासित बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

‘दिग्भ्रमित भएका युवायुवती र गलत मार्गमा लागेका मानिसलाई सही मागदर्शन गर्ने उद्देश्यले कार्यक्रम गरेका छौं, इस्कोन पोखराका प्रमुख अम्बुजा कृष्ण दासले भन्नुभयो, सत्संग, मन्त्र मेडिटेशन, गोष्ठी र सेमिनार गरिरहेका छौं।’ मन्त्र मेडिटेशनले काममा एकाग्र बनाउने, मनलाई शान्त बनाउने र गलत आचारणबाट मुक्त बनाउने बताइएको छ ।

पोखरा ७ रत्नचोकमा रहेको इस्कोनमा शनिवार र मङ्गलबार सत्संग संचालन हुँदै आएको छ । नियमित रुपमा दुई सय साधक सत्संगमा सहभागि छन् ।

इस्कोनले युवाहरुका लागि मन नियन्त्रण गर्ने कला, तनाव व्यवस्थापन, व्यत्तित्व विकास, समय व्यवस्थापन कला, रिस सन्तुलन गर्ने कलाका बारे ज्ञान पनि दिने गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै