कास्कीमा कोभिड १९ विरुद्व भेरोसिल खोप लगाइने

राष्ट्र न्यूज सम्वाददाता
जेठ १६, २०७८
photo 1

पोखरा, १६ जेठ । कास्कीमा कोभिड १९ विरुद्वको दोस्रो मात्राको खोप लगाउने कार्यक्रम जारी रहेको छ ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले आइतबार सूचना प्रकाशित गरी जेठ १८ र १९ गते दोस्रो मात्राको खोप लगाउने कार्यक्रम तय गरिएको जनाउनु भएको छ ।

कोभिड १९ विरुद्व भेरोसिल पहिलो मात्रा लगाएकालाई मात्र दोस्रो मात्राको खोप लगाइने छ । खोप लगाउनका लागि पहिलो मात्राको भेरोसिल खोप लगाएको कार्ड र जनस्वास्थ्यका मापदण्ड पूरा गरी स्वास्थ्य कार्यालय कास्कीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

तोकिएको दिनमा बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।
यसअघि काठमाण्डौंमा भेरोसिल खोपको पहिलो मात्रा लगाएका तर निषेधाज्ञाका कारण फर्कन नसकेकाहरुका लागि मात्र यो खोप लगाइने प्रमुख आचार्यको भनाइ छ ।

स्वास्थ्य कार्यालय कास्कीको तथ्यांक अनुसार, कास्कीमा भेरोसिल खोपको दोस्रो मात्रा लगाउनेको संख्या करीब चार सय छ ।

फागुन २३ गते अघि पहिलो प्राथमिकतामा परेर कोभिड १९ विरुद्वको कोभिशिल्ड खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई जेठ १३ र १४ गते पोखरामा दोस्रो मात्राको खोप दिइएको थियो ।

दुई दिनमा सात सय ९३ जनालाई कोभिशिल्ड खोप लगाइएको थियो ।

Related News

सम्बन्धित समाचार

  • नेपाल प्रेस युनियन कास्कीको पदस्थापन

    राष्ट्र न्यूज सम्वाददाता जेठ १४, २०८०
    पोखरा, १४ जेठ । नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आइतबार पदस्थापन गरिएको छ…
  • जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती

    राष्ट्र न्यूज सम्वाददाता जेठ १३, २०८०
    पोखरा, १३ जेठ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ…
  • पोखरामा राष्ट्र संघको नमुना महासभा हुने

    राष्ट्र न्यूज सम्वाददाता जेठ १२, २०८०
    पोखरा, १२ जेठ । पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा शुक्रवारदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महासभामा १५ जिल्लाका…
  • लागू औषधसहित तीन जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    पोखरा, ११ जेठ । पोखरामा प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्की र…
  • रेडियो हेमजा एघारौं वर्षमा

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    हेमजा, ११ जेठ । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रवेश गरेको छ…