पोखरा, १६ जेठ । अखिल नेपाल महिला संघ कास्कीले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध अमर्यादित टिकाटिप्पणीप्रति असन्तुष्टि जनाउदै कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढकाललाई अनेमसंघ कास्की इन्चार्ज मञ्जुदेवी गुरुङ, अनेम संघ कास्कीका संयोजक शुशीला पराजुली, अने संघ सदस्यद्धय राधिका शाही योगी र सन्तु सुवेदी सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिबाट संविधान प्रदत्त दायित्व निर्वाह गर्दाका विषयहरु माथि प्रश्न उठाउदै गरिएका अमर्यादित टिप्पणीहरु खेदजनक रहेको बताउँदै संघले राष्ट्रपति जस्तो गरिमामय संस्था प्रति गरिएका अमर्यादित टिका टिप्पणी तथा गतिविधिहरुलाई तत्काल रोक्न र यस्ता अबाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई यथाशिघ्र कार्वाही गर्न नेपाल सरकार लगायत स्थानीय प्रशासनसँग माग गरिएको छ ।
ज्ञापनपत्रमा केही राजनीतिक दल, सञ्चार माध्यम लगायत सामाजिक सञ्जालमा विभिन्न किसिमका गाली गलौज, अपमानित र अमर्यादित टिप्पणीहरु गर्ने तथा विभिन्न लाञ्छना लगाई व्यक्तिगत चरित्र हत्या गर्ने कार्यप्रति अखिल नेपाल महिला संघले घोर निन्दा र आपत्ति जनाउदै खेद समेत व्यक्त गरेको छ ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी ढकालले सम्मानित संस्थाप्रति भएका गलत कार्यहरुको नियन्त्रणमा लाग्ने बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ
प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा हुने
Archives
Archives