पोखरा १६, जेठ । नेपाली फुटवल टिमका पूर्व राष्ट्रिय खेलाडी एवं सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष बिल तामाङको १३ औं दिनको पुण्य तिथिमा हङकङमा श्रद्धाञ्जली सभा गरिएको छ ।
सहारा क्लव हङकङ, तामाङ घेदुङ हङकङ, एल.जी.संगम परिवार हङकङ र नादा समाज हङकङले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्व. तामाङले आफ्नो जीवनकालमा खेलकुद र सामाजिक क्षेत्रमा पु¥याएको योगदान सदैव स्मरणीय रहने बताइएको छ ।
सहारा क्लव हङकङका अध्यक्ष दीपक गुरुङले तामाङले देखाएको बाटोलाई पछ्याउँदै अघि बढ्नुपर्ने औल्याए ।
कार्यक्रममा सहारा क्लव हङकङका पूर्व प्रमुख सल्लाहकार तुल्सी गुरुङ, महासचिव कुमार गुरुङले तामाङले खेलकुद तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता