कास्कीमा आज पनि कोभिड १९ विरुद्वको खोप लगाइदै

राष्ट्र न्यूज सम्वाददाता
जेठ १४, २०७८
corona khop

पोखरा, १४ जेठ । कास्कीमा आज पनि कोभिड १९ विरुद्वको दोस्रो मात्राको खोप लगाइदै छ ।

फागुन २३ गते अघि पहिलो प्राथमिकतामा परेर कोभिड १९ विरुद्वको कोभिशिल्ड खोप लगाएकाहरुलाई १३ र १४ गते दोस्रो मात्राको खोप लगाउन लागिएको हो ।

त्यतिबेला पहिलो मात्रामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई प्राथमिकता दिइएको थियो ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले सूचना प्रकाशित गरी पोखरा महानगरपालिका वडा नं ८, नयाँबजारस्थित शहरी स्वास्थ्य प्रवद्र्वन केन्द्रमा खोप लगाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

‘पहिलो मात्रा लगाएर दोस्रो मात्राको खोप लगाउन छुुटेकाहरुका लागि मात्र हो, प्रमुख आचार्यले भन्नुभयो, छुटेका करीब एक हजार पाँच सय जनालाई दोस्रो मात्राको खोप दिने छौं।’

बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप लगाउन सकिने छ ।१३ गते बिहीबार ४ सय ५३ जनालाई खोप दिइएको प्रमुख आचार्यले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट

    राष्ट्र न्यूज सम्वाददाता जेठ १५, २०८०
    पोखरा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको छ…
  •  यूएसए, इजिप्ट र पाकिस्तान बने ‘बेस्ट डेलिगेट’

    राष्ट्र न्यूज सम्वाददाता जेठ १५, २०८०
    पोखरा, १५ जेठ । तीन दिनसम्म भएको पोखरा एमयूएन सकिएको छ । युथ थिंकर्स सोसाइटी पोखराको आयोजनामा शुक्रबारदेखि भएको संयूक्त…
  • पोखरामा राष्ट्र संघको नमुना महासभा हुने

    राष्ट्र न्यूज सम्वाददाता जेठ १२, २०८०
    पोखरा, १२ जेठ । पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा शुक्रवारदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महासभामा १५ जिल्लाका…
  • लागू औषधसहित तीन जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    पोखरा, ११ जेठ । पोखरामा प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्की र…
  • रेडियो हेमजा एघारौं वर्षमा

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    हेमजा, ११ जेठ । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रवेश गरेको छ…