सरकार महामारीको आडमा राजनीति गर्न खोज्दै – काँग्रेस

रासस
जेठ १२, २०७८
congress

काठमाडौँ, १२ जेठ (रासस)। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारले कोभिड–१९ महामारीको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ ।

सभापति देउवा नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ संक्रमणको उपचार र रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही जेठ ६ गते १५ बँुदे सुझावपत्र बुझाएको थियो ।

बैठकले सो सुझाव कार्यान्वयनमा सरकारले गम्भीर रुपमा चासो नदेखाएको भन्दै पुनः ध्यानाकर्षण गराएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

बैठकले आवश्यकताअनुसार श्यया, अक्सिजन, आइसियु र भेन्टिलेटरसहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गर्न, सबै जनतालाई सहज रुपमा तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन, कन्ट्याक्ट टे«सिङको आधारमा बढी भन्दा बढी पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेता खड्काले लम्बिदै गएको निषेधाज्ञाका कारण मारमा परेका दैनिक ज्यालादारी श्रमिक, रोजगारी गुमाएका सर्वसाधारण र व्यापारीलगायतलाई उचित राहतको व्यवस्था गर्न, स्थानीय तहलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट टे«सिङ, संक्रमितको आइसोलेशन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पु¥याउने व्यवस्थाका लागि जिम्मेवारी दिनुपर्नेलगायत विषयमा बैठकले सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट

    राष्ट्र न्यूज सम्वाददाता जेठ १५, २०८०
    पोखरा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको छ…
  •  यूएसए, इजिप्ट र पाकिस्तान बने ‘बेस्ट डेलिगेट’

    राष्ट्र न्यूज सम्वाददाता जेठ १५, २०८०
    पोखरा, १५ जेठ । तीन दिनसम्म भएको पोखरा एमयूएन सकिएको छ । युथ थिंकर्स सोसाइटी पोखराको आयोजनामा शुक्रबारदेखि भएको संयूक्त…
  • पोखरामा राष्ट्र संघको नमुना महासभा हुने

    राष्ट्र न्यूज सम्वाददाता जेठ १२, २०८०
    पोखरा, १२ जेठ । पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा शुक्रवारदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महासभामा १५ जिल्लाका…
  • लागू औषधसहित तीन जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    पोखरा, ११ जेठ । पोखरामा प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्की र…
  • रेडियो हेमजा एघारौं वर्षमा

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    हेमजा, ११ जेठ । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रवेश गरेको छ…