पोखरा, १२ जेठ । कास्कीमा कोभिड १९ विरुद्वको दोस्रो मात्राको खोप जेठ १३ र १४ गते लगाइने भएको छ ।
फागुन २३ गते अघि पहिलो प्राथमिकतामा परेर कोभिड १९ विरुद्वको कोभिशिल्ड खोप लगाएकाहरुलाई दोस्रो मात्राको खोप लगाउन लागिएको हो ।
त्यतिबेला पहिलो मात्रामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई प्राथमिकता दिइएको थियो ।
स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले सूचना प्रकाशित गरी पोखरा महानगरपालिका वडा नं ८, नयाँबजारस्थित शहरी स्वास्थ्य प्रवद्र्वन केन्द्रमा खोप लगाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
‘पहिलो मात्रा लगाएर दोस्रो मात्राको खोप लगाउन छुुटेकाहरुका लागि मात्र हो, प्रमुख आचार्यले भन्नुभयो, छुटेका करीब एक हजार पाँच सय जनालाई दोस्रो मात्राको खोप दिने छौं।’
बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप लगाउन सकिने छ ।
Related News
सम्बन्धित समाचार
पोउवा संघको ६९ औं वार्षिक अधिवेशन
राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई
संविधान दिवसमा एमाले गण्डकीको “संचारकर्मीसंग नेकपा (एमाले)“ कार्यक्रम
कुँडहर सहकारीको अध्यक्षमा विश्वबन्धु
पोखरा महानगरपालिकाका ४८ जना नगर प्रहरीहरू दीक्षित