पोखरा, ११ जेठ । कोरोना महामारीका कारण पोखराका विद्यालयहरुमा शैक्षिक सत्र २०७७ को कक्षा ८ को जिल्लास्तरीय परीक्षा संचालन नहुने भएको छ ।
परीक्षा संचालन तथा समन्वय समितिको बैठकले विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न असम्भव देखिएकाले परीक्षा संचालन नगर्ने निर्णय गरेको हो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले मङ्गलबार जारी गर्नुभएको सूचना अनुसार, यसअघि संचालन गरेका त्रैमासिक, अर्धवार्षिक परीक्षालाई आधार मानेर ५० प्रतिशत अंक र कक्षाकार्य, गृहकार्य, विद्यार्थीको हाजिरी, अनलाइन कक्षाका सिकाईलाई आधार मानेर ५० प्रतिशत अंक दिएर महाशाखामा पठाउन भनिएको छ ।
Related News
सम्बन्धित समाचार
उत्कृष्ट महिला उद्यमीबाट सौन्दर्यकर्मी गुरुङ्ग सम्मानित
निष्टाको गण्डकी अध्यक्षमा दवाडी
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष