काठमाडौँ, जेठ १० । कोरोना सङ्क्रमणका कारण अभौतिक (भर्चुअल) गतिविधि बढ्दा त्यसको प्रत्यक्ष प्रभाव मोबाइल आयातमा देखिएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक २०७७÷७८ को वैशाखसम्म नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै मोबाइल आयात गरेको छ।
तथ्याङ्कअनुसार १० महिनाको अवधिमा मात्रै नेपालले ३२ अर्ब नौ करोड रुपियाँ बराबरका ६३ लाख ५५ हजार थान मोबाइल आयात गरेको छ। मोबाइल आयातबाटै नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी भन्सार राजस्व प्राप्त गरेको छ। जब कि अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६८ करोड रुपियाँको मोबाइल आयात भएको थियो।
तुलनात्मक रूपमा यसअघि आव २०७४÷७५ को वैशाखसम्म सबैभन्दा धेरै २१ अर्ब १७ करोड रुपियाँको मोबाइल आयात भएको तथ्याङ्क छ। चालू आवमा भने मोबाइल आयातको यसअघिको सबै रेकर्ड तोडिएको हो।
जेठ ११ गते मङ्गलबार गोरखापत्र दैनिकमा प्रकाशित समाचारबाट साभार ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पोखरा महोत्सवमा दर्शकको भिड बढ्दै, दर्शकलाई अफरै अफर
भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव
१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ
फेरि होला लकडाउन ?
Archives
Archives