पोखरा, १० जेठ । मुस्ताङ जिल्लाका स्वदेश तथा विदेश रहेका युवाहरूले कोरोना संक्रमित बिरामीको लागि आवश्यक विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
युवाहरुले थासाङ गाउँपालिकासँगको समन्वयमा सहयोग गरेको गाउँ कार्यपालिका सदस्य नरेन्द्र शेरचन र नवीन शेरचनले जानकारी दिनुभयो ।
संक्रमितको उपचारलाई सहज र प्रभावकारी बनाउन सहयोग गरिएको संयोजक अवीनास गौचनले जानकारी दिनुभयो ।
थासाङ गाउँपालिकाका प्रत्यक वडाका स्वास्थ्य चौकीलाई सामाग्री हस्तान्तरण गरिने बताइएको छ ।
त्यस्तै, मुस्ताङ जिल्लामा अक्सिजनको अभाव नहोस् भन्ने उद्देश्यले २० वटा खाली अक्सिजनका सिलिण्डर पनि हस्तान्तरण गरिएको अर्का सदस्य राजेन्द्र गौचनको भनाइ छ । पाँच वटा अक्सिजनका खाली सिलिण्डर न्यू हस्तकला स्पोट प्रा.लिका प्रोपाईटर पेम्बा दोर्जाे शेर्पाले सहयोग गर्नुभएको हो ।
करीब पाँच लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । कार्यपालिका सदस्य नवीन शेरचन र नरेन शेरचनको रोहवरमा वडा अध्यक्ष चन्द्र बहादुर शेरचनले लेते स्वास्थ्य केन्द्रका इन्चार्ज डा. लक्ष्मन थापालाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ
प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा हुने
Archives
Archives