पोखरा, १० जेठ । कास्कीमा सोमबार भएको मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
कास्कीको माछापुछ्रे गाँउपालिका–८ ठाँटी स्थित रिभानबाट लुम्लेतर्फ जादै गरेको ग.१४.प ९७५५ नं. को मोटरसाईकल दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा माछापुछ्रे गाँउपालिका–८ लुम्ले बस्ने १८ वर्षीय लक्की वि.कको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वि.कले चलाएको मोटरसाईकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । घाइते वि.कको फिष्टेल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । घटना बारे आवश्यक अनुसन्धान भैरहेको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन