जङ्गली च्याउ खाँदा नौ बिरामी

रासस
जेठ ९, २०७८
SONY DSC

किमाथाङ्का, ९ जेठ (रासस) । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् ।

गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो ।

जङ्गली च्याउ खाँदा बिरामी परेका नौमध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताउनुभयो । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौजना बिरामी परेको वडाध्यक्ष कुलुङले जनाउनुभयो ।

त्यस्तै बिरामी पर्नेमा उहाँका छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् । जङ्गली च्याउ खाएर शुक्रबार रातिदेखि बिरामी परेपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो ।

जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेपछि शुक्रबार याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको वडाध्यक्ष कुलुङले बताउनुभयो ।

च्याउ खाने सबै जनाको किड्नी र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक सुन्दरश्याम जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती

    राष्ट्र न्यूज सम्वाददाता जेठ १३, २०८०
    पोखरा, १३ जेठ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ…
  • पोखरामा राष्ट्र संघको नमुना महासभा हुने

    राष्ट्र न्यूज सम्वाददाता जेठ १२, २०८०
    पोखरा, १२ जेठ । पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा शुक्रवारदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महासभामा १५ जिल्लाका…
  • लागू औषधसहित तीन जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    पोखरा, ११ जेठ । पोखरामा प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्की र…
  • रेडियो हेमजा एघारौं वर्षमा

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    हेमजा, ११ जेठ । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रवेश गरेको छ…
  • औषधी र स्वास्थ्य उपकरण बारे जानकारी लिन मुख्यमन्त्री पाण्डे स्टोरमा

    राष्ट्र न्यूज सम्वाददाता जेठ १०, २०८०
    पोखरा, १० जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पु¥याउन निर्देशन दिनुभएको…